धनुषाको इलाका प्रहरी कार्यालय हिरासतबाट हिरासत तोडेर ६ अभियुक्त फरार

१६ माघ, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए ।

उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।