लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको
हो ।

दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।

पौडेललाई आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको थियो ।

पौडेलको पार्थिव शरीरलाई आजै नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिएको छ ।