काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् । छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र शाह ९बालेन० र एकिकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना पनि सहभागी थिए ।
सुरक्षा प्रमुखहरुले सरोकार वाला निकायहरुको व्यवस्थापनको बिकल्प दिएपछि मात्र थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुझाव दिएका छन् । प्रहरी प्रमुखहरुले अहिलेकै अवस्थामा बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने ब्रिफिङ गरेका छन् । मानवीय क्षति धेरै हुने प्रहरी प्रमुखहरुको ब्रिफिङपछि गृहमन्त्रीले यसबारे पुनः छलफल गर्ने बताएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले मंसिर १२ मा थापाथलीस्थि सुकुम्बासी बस्ती हटाउन जाँदा भएको झडपबारे बताएका थिए । शाहले बस्ती खाली गरेपछि व्यवस्थापनको बिकल्प आउने बताएका छन् । बालेन्द्रको भनाई ‘पहिला बस्ती खाली गरौं, सुकुम्बासीलाई उनीहरुका लागि बनेको घरमा राख्छु ।’ शाहले गेष्ट हाउसमा राखेर भएपनि सुकुम्बासीको व्यवस्थापन गर्न सकिने योजना सुनाएका थिए ।
एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले बस्ती खाली गरेर करिडोरमा बगैंचा बनाउने योजना सुनाएका थिए ।