कपिलवस्तुमा आज दुई जना कोरोना संक्रमित भेटिए

२५ बैशाख, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् ।अपडेटः २०७७ वैशाख २५ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।