नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीच पार्टी एकताका लागि वार्ता हुदै

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।

टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्न लागेको छ’ श्रेष्ठले भने, ‘दुई पार्टीका नेतालाई सहज हुनेगरी कुनै ठाउँमा बस्ने तयारी गरेका छौं ।’

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसअघि  शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।