बेनीबाट यात्रु लिएर गइरहेको बोलेरो जिप दुर्घटना एक जनाको मुत्यु ७ जना घाईते

९ माघ, म्याग्दी । बेनी बजारबाट यात्रु लिएर गइरहेको बोलेरो जिप दुर्घटना भएको छ । ग १ ज ६९३८ नम्बरको बोलेरो जीप मंगला गाउँपालिका, २ काफलचौरमा दुर्घटनाग्रत हुँदा सवार एक यात्रुको मुत्यु भएको छ ।

बेनीबजारबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका, १ कुहुँ तर्फ गैरहेको जीप अन्दाजी ११.३० बजे काफलचौरको उकालोमा दुर्घटनाहुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा ६१ को मृत्यु भएको छ । गम्भीर घाईते गर्वुजा उपचारकालागी सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परि ७ जना घाईते छन । दुर्घटनामा परी गम्भीर घाईते मंगला गापा, २ की सन्तु केसी ३४, उनकी छोरी सिवानी केसी १० र छोरा रिवान केसी ५ लाई थप उपचारकालागी पोखरा रिफर गरिएको छ । अन्य घाईते मंगला गापा, १ का बबिना परियार १५, टेकबहादुर गर्वुजा ३८, भमिकला नेपाली ५० मंगला गापा, २ का विपना कार्की २२ को बेनी अस्पतालमै उपचार भैरहेको छ ।
प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडी गुडेर सडकमुनी खेतमा खसेको बताइएको छ ।