प्रतिनिधिसभाको सभामुखका लागि देवराज घिमिरेले उम्मेदवारी दर्ता गराए

काठमाडौँ । सभामुखका लागि एमाले देवराज घिमिरेले संघीय संसद प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् । देवराज घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।