कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय

४ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’