युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी विश्वकर्मालाई

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक नरेश कुमार शाहीले संघका उपाध्यक्ष कृष्ण विश्वकर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पनु भएको  छ।

नेकपा एमालेमा रहँदा युवा संघको सचिव रहेका विश्वकर्मा एकीकृत समाजवादी बने पश्चात युवा संघ समाहित हुँदा केन्द्रिय उपाध्यक्ष बन्नुभएको थियो  ।

कार्यवाहक अध्यक्ष विश्वकर्मा लामो समय युवा संघमा काम गरेका अनुभवी र युवा आन्दोलन बुझेको साथै  खारिएको नेता भएका कारण कावा अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दीपक जिएमले जानकारी दिनुभयो ।

324949644_1223099238286635_1166288266241872781_n1673343337.jpg