गफ ठूलो गर्ने, आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गरी कारवाही गरियोस

अध्यक्ष माधवकुमार नेपाल

२६ पुस, काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए ।

गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जो सुकै किन होस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ ।’

उनले अघि भनेका छन्, ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं ।’