प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारियो

२६ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भनिए पनि समय परिवर्तन गरी दिउँसो १ बजेलाई सारिएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।