पार्टीका आन्तरिक छलफलहरुमा एमालेले धोका दिएको गुनासो

कांग्रेस सभापति शेरबहादुर देउवा

२५ पुस, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्ने क्रममा बोल्ने क्रममा प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आन्तरिक छलफलहरुमा एमालेले धोका दिएको गुनासो गरेका देउवाले संसदको सम्बोधनमा भने कसैप्रति गुनासो गरेनन्, बरु विनम्र सुनिए ।

लिखित सम्बोधन गरेका देउवाले कांग्रेसलाई पहिलो दल बनाएकोमा मतदाता र पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । सरकारको नेतृत्व गर्ने अवसर नपाएकोमा कुनै गुनासो गरेनन् । बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए ।

उनले भनेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री हुनु भएको छ, नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रचण्डजीलाई बधाई दिन चाहन्छु, र सफलताको शुभकामना छ ।’

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरणमा जोड दिएका कांग्रेस सभापति देउवाले यति भनेका छन्, ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलीकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ।’