तराईमा हुस्सु र कुहिरो मध्य तराईमा शीतलहर पहाडी क्षेत्रमा बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको छ ।

तराईमा हुस्सु र कुहिरो लागेको छ भने मध्य तराईमा शीतलहर पनि चलिरहेको छ त्यस्तै पहाडी क्षेत्रमा बदली छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।