हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ प्रदान गरिने

हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ प्रदान गरिने भएको छ । अनलाईनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

‘यसअघि पनि अनलाइनबाट सिफारिस दिने व्यवस्था भएपनि प्रभावकारी थिएन्’ एसएसपी भट्टले भने–‘बागमतीमा दर्ता भएका सवारी दर्ता किताव र लाइसेन्स हराएमा अनलाइनबाटै आवेदन दिएर सिफारिस पाउन सकिन्छ ।’

आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने ब्यवस्था गरिएको छ । हराएको लाइन्सेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ । सो सिफारस लिनका लागी ट्राफिक प्रहरीको वेभसाइटमा गएर आवेदन दिनुपर्ने एसएसपी भट्टले जानकारी दिए ।