प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र बामदेवबीच भेटवार्ता

२४ बैशाख, काठमाडौं । गएको बैशाख २० बसेको सचिवालय बैठकबाट साम्य भएको भनिएको नेकपा भित्र फेरि पनि किचलो उत्पन्न भएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकको एजेन्टा र प्रधानमन्त्री विरुद्ध हुने सम्भावित घटनाका राजनीतिक चलखेल पार्टीभित्र उत्पनन भएपछि फेरि पनि नेकपामा विवाद उत्पनन भएको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार गएकाछन् ।
प्रचण्ड निवास खुमलटारमा कार्यकारी अध्यक्ष प्रचयड र पार्टीका उपाध्यक्षबीच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री ओलीको कित्तामा गइनसकेको बताएका थिए । गत शनिबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भने पनि गौतम भने विश्वस्त हुन सकेका छैनन् ।
’उपयुक्त समय भनेको अर्को आम निर्वाचन हो भन्ने उहाँको बुझाइ छ,’वामदेव निकट स्रोतका अनुसार ’उहाँलाई यही कार्यकालको यति समयमा प्रतिनिधि सभामा ल्याइनेछ भनेको भए मात्रै त्यो विशिष्ट खालको निर्णय हुन्थ्यो । स्रोतका अनुसार गौतम राष्ट्रिय सभामा आएर उपप्रधानमन्त्री हुने पक्षमा छैनन् ।
राष्ट्रिय सभामा आइसकेपछि उहाँलाई बदनाम गराइन्छ,’उनी निकट स्रोतले भन्यो,’बदनाम हुन परेपछि प्रधानमन्त्री नै बन्ने भएकाले उहाँले संविधान संशोधनको सर्त राख्नुभएको हो । संविधान संशोधन गर्न सम्भव हुँदैन भन्नेमा पनि उहाँ स्पष्ट हुनुहुन्छ । २५ गते बस्ने स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार सबै चल्नुपर्नेमा आफू स्पष्ट रहेको समेत उनले आफू निकटका नेताहरूसँग बताउने गरेका छन् ।