अपमानित भएर पोखरा आएको हुँ

११ पुस, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पोखरामा लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् ।

महामन्त्री थापालाई मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’

सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको उनले बताए । संसदीय समितिमा दलको नेता बाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको भन्दै उनले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुुँ ।’

पार्टी कार्यालयमा छलफल नभएको, घरमा नबोलाई जान नमिलेको भन्दै उनले भने, ‘अपमानित भएर आएको हुँ ।’

हार जितको यो प्रकरण सकिएको भन्दै उनले कांग्रेसलाई फेरि उठाउने बताएका छन् ।