Breaking News

अनामनगर धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना भत्काउदै महानगर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको अनामनगर धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ ।

अनामनगर देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।