Breaking News

नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न छलफलमा

नेपाली कांग्रेस संसदीय दलको नेतामा एक जना उम्मेदवार खडा गर्न संस्थापन इतर पक्षको बैठक चलिरहेको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाएर एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न इतर पक्षका शीर्ष नेताबीच छलफल भइरहेको हो ।

नेता बलबहादुर केसीका अनुसार संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म सहमति भने भइनसकेको उनको छ । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत सहभागी छन् ।

कांग्रेसले बुधबार बिहान संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएपछि इतर पक्ष कोइराला र थापा मध्ये एक जनाको नाममा सहमति गराउने प्रयासमा । भोलि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएपछि इतर पक्ष दबाबमा परेको छ । इतर पक्षका नेताहरू भोलि बिहानसम्म कोइराला र थापालाई मिल्ने विश्वास गर्छन् ।

कांग्रेसको संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा दलको नेताको उम्मेदवार बन्ने निश्चित जस्तै छ । देउवाविरुद्ध कोइराला कि थापालाई अगाडि बढाउने भन्नेमा इतर पक्षमा सहमतिको खोजी भइरहेको छ ।