Breaking News

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते

४ पुस, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचन पुस ६ गते गर्ने भएको छ ।

हिजो केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।