नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै । महासचिव देवप्रसाद गुरुङका अनुसार पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि पदाधिकारी बैठकबाट सर्वसम्मत सिफारिस गर्ने बताएका छन् । अबको केही बेरमा बस्ने पदाधिकारी बैठकले प्रचण्डलाई सत्ता गठबन्धनबाट प्रधानमन्त्री सिफारिसको निर्णय गर्ने गुरुङको भनाइ छ ।
हिजो प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई औपचारिक भेटघाट गरेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरे लगतै प्रचण्डले पदाधिकारी बैठक राखेर छलफल गर्न लागेका हुन् ।
पदाधिकारी बैठकबाटै अध्यक्ष कमरेडलाई प्रधानमन्त्रीको सिफारिस गर्ने भन्ने छ । पार्टीबाट अरु कसैको दाबी नभएकाले निर्विकल्प उहाँ नै सिफारिस हुनुहन्छ’ गुरुङले भने ।
यस्तै पदाधिकारी बैठकले संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषयमा समेत छलफल हुने बताएको छ ।