विश्व कपको फाइनल खेल राती ८ः४५ हुँदै : उपाधि रक्षाका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

३ पुस, काठमाडौं । विश्व कप अन्तर्गत आज अन्तिम उपाधि रक्षाका लागि फाइनल खेल हुँदै छ । आज राती नेपाली समय ८ः४५ बजे फ्रान्स र अर्जेन्टिना बीच हुँदैछ ।
कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् ।

आज अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न दाउमा छन भने उता फ्रान्सका फरवार्ड किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्ने प्रयासमा रहनेछन।

फाइनलअघि यी दुई खेलाडीकै वरपर रहेर धेरै अड्कलबाजीहरु भइरहेका छन् । मेसी आफ्नो करियरको उत्तरार्धमा छन् भने एमबाप्पे मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टारको रुपमा उदाइरहेका छन् ।

विश्वकप कसले जित्ला त ? अर्जेन्टिना वा फ्रान्स, मेसी वा एमबाप्पे । त्यसका लागि फाइनल खेलको अन्तिम हुसिल बज्ने बेलासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

अर्जेन्टिना र फ्रान्स जसले जिते पनि विश्वकपमा केही कीर्तिमानहरु बन्ने पक्का छ ।

अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ र मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना ।

फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ ।

यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो ।

यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् ।

यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।

साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो ।

दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।