बैशाख २५ बुद्ध जयन्ती समेत परेकाले दिपावली गर्न आग्रह

२३ वैशाख, काठमाडौं । सरकारले बैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन् ।
बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो बताइएको छ ।