बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता

काठमाण्डौ, २३ बैशाख । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । दुई अध्यक्षबीचको छलफलमा स्थायी समितिमा लैजाने प्रस्तावबारे छलफल भएको हो । पर्सि २५ गते बस्ने स्थायी कमिटीका लागि व्यवस्थित प्रतिवेदन नबनाइए पनि बैठकका प्रस्तावलाई कसरी लैजाने कस्ता विषयवस्तुलाई समेटने भनेर छलफल भएको बुझिएको छ ।
दुई अध्यक्षबीच सोमबार पनि छलफल भएको थियो।
स्थायी समितिको तयारीका लागि नेकपाले वैशाख २४ गते सचिवालय बैठक बोलाइएको छ।