नेकपा (एकीकृत समाजवादी) ले अग्रता लिएका ८ वटा क्षेत्र

अहिलेसम्म एक निर्वाचन क्षेत्रमा जित हात पारेको नेकपा (एकीकृत समाजवादी) ले अझै ८ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।

अहिलेसम्म बारा-४ मा कृष्णकुमार श्रेष्ठ, धादिङ-१ मा राजेन्द्र पाण्डे, रौतहट-१ मा माधवकुमार नेपाल, दाङ-१ मा मेटमणि चौधरी, सल्यानमा प्रकाश ज्वाला, डोटीमा प्रेम आले, बझाङमा भानुभक्त जोशी र दैलेख-१ मा अम्मरबहादुर थापा अगाडि छन्।

अहिलेसम्म अछाम(१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले जित हात पारेका छन्।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाक्री, नेताहरू जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जन पराजित भएका छन्।

जारी मतगणना एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम(१ मा पछाडि छन्।