जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी

७ मंसिर, जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् ।

बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।