निर्वाचन अवडेट : मुस्ताङबाट कांग्रेसले जितको खाता खोल्यो योगेश गौचन थकाली विजयी

५ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयीa भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे ।

योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।