बाजुराको नाटेश्वर आधारभूत बिद्यालयको बुथमा गोली चल्दा ३ जना घाइते

देशभर बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न हुनै लाग्दा बाजुराको त्रिवेणी नगरपालिका नाटेश्वर आधारभूत बिद्यालयको आधारभूत बुथमा गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।