हुम्लाको सर्केगाड उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकियो

हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्ला निर्वाचन अधिकारी श्यामले बताए ।

उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ भने जिल्लाभर २० प्रतिशत मत खसेको छ । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ ।
५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता रहेका छन् । यद्यपि निर्वाचन अधिकारीले २५ हजार जति मत खस्ने आकलन गरेका छन् ।