कास्कीको माछापुच्छ्रे गाउँपालिका नेकपा बहुमतका एक कार्यकर्ताले मतदान गरिसकेपछि मतपेटिका फुटाए

४ मंसिर, काठमाडौं । आज देशैभरी मतदान जारी छ । ठाउँठाउँमा कतै झडप, कतै हातहालाहाल, कर्त हवाई फायर र कतै मतपेटिका फुटाएका घटना आइरहेको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको
छ ।

मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।