सिराहको जनता मावि बडहरामाल बुथमा जसपा र एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस

स्थितिलाई नियन्त्रणमा लिन गोली फाएर

आज बिहानबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु भएर मतदान चलिरहेको छ तर सिराहको कर्जन्हा नगरपालिका मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा दुई पक्ष सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोस भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।