चितवनको क्षेत्र नं. १ ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास मतदान स्थगित

४ मंसिर, चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबरपछि आफू त्यसतर्फ गइरहेको अनलाइनखबरलाई बताए ।

मतपेटीका जलाने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ ।