फेक समाचारमा विषयमा समाजवादी प्रेस संगठन नेपालको अपिल : यस्तो खालको रबैया जघन्य साइबर अपराधको

भोलि मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) को समयमा विभिन्न सञ्चार माध्यमको मास्टहेडको दुरुपयोग गरी फेक समाचार तयार पारी विभिन्न दल तथा उम्मेदवारका विरुद्धका समाचार शनिवार सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको विषयमा समाजवादी प्रेस संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थापित अनलाइन तथा पत्रिकाहरूको समाचारहरूलाई प्रविधिको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरूमा शेयर गर्ने जस्तो जघन्य साइबर अपराधको काम भइरहेको छ । सम्बन्धित मिडियाले ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ दिँदादिँदै पनि प्रेस चौतारी नेपालका अध्यक्ष तथा एमाले प्रचार विभाग सदस्य गणेश बस्नेत र प्रेस चौतारीका पदाधिकारीबाट सामाजिक सञ्जालहरूमा पटक पटक शेयर गर्ने कार्य पत्रकारिताको सामान्य मूल्य मान्यता र आचारसंहिताको समेत गम्भीर उलंघन हो भन्ने हाम्रो संगठनको ठहर रहेको छ ।

संगठन यस्तो कार्यमा संलग्न जो सुकै भए पनि नेपाल सरकार समक्ष साइबर अपराध अन्तरगत कारबाहीको दायरामा ल्याउन र त्यस कार्य विशेष पहल गर्न नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोग समक्ष माग
गर्दछ ।