सिन्धुपाल्चोक क्षेत्र नम्बर २ एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा पैसा र चेकसहित पक्राउ

भोलि मंसिर ४ गतेको प्रतिनिधिसधा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा आज सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । आज साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको स्थानीय दीपक न्यौपानेले रातोपाटीलाई जानकारी दिए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको न्यौपानेले बताए । उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको एक प्रहरीले बताए ।