भोट खसाल्न सहरबाट गाउँ जानेको लर्को

भोली आइतबार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर एकै चरणमा मतदान हुँदैछ। त्यसैको मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाबाट गाउँगाउँमा भोट खसाल्नको लागि बाहिरने मान्छेको हिजोआज भिडभाड ज्यादै देखिन्छ ।

राजधानीका कलंकी नाका, बल्खु नाका, कोटेश्वर नाका, बालाजु माछापोखरी, भक्तपुर जागती क्षेत्र साझ बिहान मान्छेहरु बस कुरेर बसेको देखिन्छ । यस विहान भन्दा पनि बेलुकी पख धेरै मात्रामा मान्छेहरुको भिड हुन्छ । राजनीतिक दलहरुले आआफ्ना क्षेत्रका कार्यकर्तालाई ओसार्न आफ्नै खर्चमा बसहरु रिजर्भ गरेर कार्यकर्ता ओसार्न थालेका छन् भने कोही आफ्नै खर्चमा भोलिको लागि भोट खसाल्न गाउँतरि जान लागेको बताएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार एक सय ८७ महिला गरी कूल दुई हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रदेश सभाको प्रत्यक्षतर्फ दुई हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कूल तीन हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कूल तीन हजार सात सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन्।

सरकारले मंसिर ५ गतेसम्म बिदा दिएसँगै सहर छाड्नेको संख्या उल्लेख्य छ।