युएईले नेपाललाई २६४ रनको लक्ष्य

नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४।२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।

गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै

दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए।

कप्तान सिपी रिजवानले २ रन बनाए।

त्यसपछि आलिसान सराफूले ३९ बलमा २९ रन बनाए। उनले २ चौका प्रहार गरे। बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए। अहमद राजा २७ रनमा नटआउट रहे।

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १(१ विकेट लिए।