सुन–चाँदीको मुल्य सामान्य गिरावट : सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार

नेपाली बजारमा केही दिनदेखि लगातार बढेको सुन–चाँदी आज सामान्य घटेको छ।

नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

हिजो सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।