२५ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।
हिजो बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।