जलजलाको बाँसखर्कमा एमाले उम्मेदवार सवार सवारी साधनमा आगजनी र उम्मेदवारमाथि सांगातिक आक्रमणको प्रयास

२४ कार्तिक, जलजला, मल्लाज, पर्वत । आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिक-नजिक आइरहेको बेला राजनीतिक दलहरु देशभरीमा प्रचार-प्रसारको गति तिब्र रहेको छ । यसै क्रममा गण्डकी प्रदेशको पर्वत जिल्ला नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवरले प्रयोग गर्ने गरेको ग १ ज ७६९९ सवारी साधनमा गत राती आगजनीको प्रयास भएको समाचार प्राप्त भएको छ । जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा सो सवारी साधनमा आगजनीको प्रयास भएको हो ।

चुनावी प्रचार-प्रसारको अभियान सकेर राती बास बसेको घरमा ढुँंगामुडा सहित आगजनीको प्रयास भएको हो। दिनभरीको प्रचार-प्रसार सकेर बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र एमाले नेता कार्यकर्ता माथि सांगातिक आक्रमणको प्रयास भएको छ ।

राती बास बसेको बेला उमेदवार माथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति
थपिएको छ ।

उमेदवारले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको हो । गाढीमा छर्केको डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएका पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुराएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति हुन पुगेको छ ।

एमाले पर्वतका अनुसार स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाअध्यक्षका उमेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको भनाई छ ।

आपराधिक शैलीमा ज्यान लिने उद्देश्यका साथ भएको उक्त घटनाका दोषीहरुलाई कडा कारबाही गर्न एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले माग गरेका छन् । एमालेको जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उमेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भिरतापूर्वक लिएको पौडेलले बताए उनले आरोपीतहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन् ।

प्रहरीले राती नै नरबहादुर रोकाया नाम गरेका युवालाई घटनास्थलबाट स्थानीय युवाहरु ले पक्राउ गरी प्रहरीलाई बुझाएका छन । थप युवाहरुको खोजी भईरहेको बताइएको छ ।