तीन बिद्यार्थी संगठनद्धारा भोलिको बहिष्कार/अभज्ञा सभामा सहभागि भइदिन हार्दिक अपिल

नेकपा (क्रान्तिकारी माओवादी) मोहन बैद्यले नेतृत्व गर्नुभएको र नेकपा बहुमत धर्वेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएको दुइ पार्टी निकटका दुइ विधार्थी संगठन पनि यति बेला निर्वाचन बहिष्कार गर्न भनि पत्रकार सम्मेलन मार्फत बहिष्कार अभज्ञामा उत्रिने आम रुपमा सार्बजनिक गरेका छन्। अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र अर्का अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राइ विधार्थी संगठन निर्वाचन बहिष्कार /अवज्ञा गर्ने आफ्नो माउ पार्टीले लिएको नीति अनुरुप देश व्यापि रुपमा यति बेला मंसिर ४ गतेको  प्रदेश र प्रतिनीधि सभाको निर्वाचन बहिष्कार/अवज्ञामा आफ्ना नेता/कार्यकर्ता तयार पार्दै जनताहरुलाइ आसन्न निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गर्न विधार्थी, शिक्षक, मजदुर, किसान, युवा, महिला र आम जनसमुदायमा अपिल गरेका छन ।

दुइ अखिल (क्रान्तिकारी) हरुले संसदवादी राजनैतिक दलहरले देश र जनतालाइ निर्वाचनको नाममा महँगी,लुट,हत्या दिन प्रतिदिन बढाइ रहेको युवाहरुलाई देशमै रोजगर र अवसर सृजना गराउन नसक्ने सरकारले युवाहरु विदेशिन बाध्य पार्दै जनताहरुलाई समृद्धको नारामात्र बडेर युवाहरुले पठाएको रेमिटेन्सले सरकार चलाउदै लुट मचाउदै भष्टचार र महँगीले जनताहरुको जनजीविका दिन प्रतिदिन कष्टकर बन्दै गर्दा समेत अहिले सम्म संसदबादी दलहरुले हल दिन नसकेको बताए ।

संसदीय व्यवस्था नाङ्गिसकेको र यो व्यवस्थामा जुनै व्यक्ति जुनै पदमा पुगेपनि मक्कि सकेको व्यवस्थाले 95 प्रतिशत जनताहरुको मागलाई सम्वोधन गर्न सकिरहेका छौन्न्। त्यसैले जनताहरुले अगिल्लो निर्वाचनबाट आफुहरुले विजय गरि पठाएका जनप्रतिनिधिहरुबाट पाठ सिक्नुपर्ने समय आइसकेको अखिल (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्ष शीलु न्यौपानेले बताउनु भयो। अखिल (क्रान्तिकारी) दुइ संगठनले विधार्थीहर र आम जनसमुदायलाई अहिलेको व्यवस्थाले सृजना गरेको विकृत बारेमा भन्डाफोर गर्ने र उत्रने शक्ति युवा विधार्थीहरुको हो र आम रुपमा जनताहरुलाइ सुचित गर्ने दायित्व रहेको बताउनु भयो।

No description available.

संसदवादी दलहरुले देश र जनताको भलो विपरित सत्ता र सरकार निर्माणका स्वार्थले आफ्नै पार्टीको सिद्धान्त कुल्चेर दलिय समिकरण निर्माण गरेका छन। आफु र आफ्ना पार्टी एक्लै उभिएर जनतामा जाने हिम्मत कुनै यी संसदवादी पार्टीहरुमा रहेन्। जनताहरुमा नैरास्य शिवाय केहि नरहेको हुँदा यस्ता सरकारमा पुग्नै घाटी जोडेर हिडने र जनताका जनजीविका का समस्यालाई लात हान्ने यस्ता नेताहरु यो पटक सोलखम्व, थवाङका जनताले १ भोट पनि नखसाली जनताले उमेदवार र जनप्रतिनिधिहरुको मन/मुट्टमा ढ्याङ्रो बजाउने काम गर्न त्यहाका जनता सफल भएका छन। र अहिलेको यो प्रदेश र प्रतिनिधिसभाको  निर्वाचनको ३०/३५ पार्टी सक्रिय बहिष्कारमा संलग्न रहेको बताउनु भयो र नेपालमा यदि जनता यो व्यवस्था र तिनै नेताहरुलाई यदि आफ्नो मत हाल्न राजि छौन्न भने देशले विदेशमा जस्तै NO VOTE को व्यवस्था जनतालाइ दिनुपर्दछ। यसले नेता र व्यवस्थालाइ जनता प्रति बफादार , सजक र समयसान्दर्भिक बन्न पनि मद्दत गर्दछ ।

No description available.

अहिले अखिल (क्रान्तिकारी) देशव्यापि बहिष्कारलाइ प्रभावकारी बनाउन पर्चार प्रसार,कोण सभा, ब्यानेरिङ, र नेताहरुलाई घपार्टीहरुबिच एकता गराउन व्यस्त रहेको र कार्तिक २१ गते प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी प्रवक्त टेक प्रसाद राइलाइ भेटी शान्तिपुर्ण सभा ,जुलुस र कार्यक्रम हरुमा धरपकड नगर्ने तथा नेता कार्यकर्ताहरुलाइ पक्राउ नगर्न र पक्राउ परेका नेता कार्यकर्ताहरु अबिलम्ब रिहा गर्न र निगरान नगर्न दुइ संगठनले जानकारी गरायो र आफ्ना शान्तिपुर्ण विरोध सभाबाट नेता-कार्यकर्ताहरुलाइ प्रकाउ गरे उत्पन्न परिस्थिति बारे जवाबदेही नहुने बताकाका छन। र हिजै मात्र काठमाण्डौंको आरआर क्याम्पसमा उपत्यका स्थरिय अखिल (क्रान्तिकारी) का नेताहरुको प्रशिक्षण तथा २३ गतेको विरोध सभाको तयारी बैठ्ठक सम्पन्न गरेका छन नेकपा (बहुमत) का पार्ट्टी संयोजक धर्वेन्द्र बस्तोलालाइ दुइ संगठ्ठनका केन्द्रिय नेताहरुले भेटघाट गरी पार्ट्टि संयोजन समिति निर्माण पश्चातको अवस्था बारे छलफल गरेका थिए ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष न्यौपानेले बताउनु भयो, रुपमा नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत), नेकपा (मसाल),नेपाल कम्युनिष्ट् पार्टी नेपालले १ नम्वर प्रदेश देखि ७ नम्वर प्रदेश सम्म बहिष्कार/अवज्ञा सभा सम्पन्न गरिसकेको र कार्तिक २३ गते काठ्ठमान्डौमा बहिष्कर सभाको अन्तिम तयारी भइरहेको छ। उक्त सभामा पार्ट्टीका केन्द्रिय स्थरीय नेताहरुले सम्बोधन गर्नु हुने छ भने नेता,कार्यकर्ता र सुभेच्छुक जनतासमुदायको सहभागि हुने छ। आम जनसमुदायहरुलाइ सक्रिय रुपमा कार्तिक २३ गते उक्त बहिष्कार/अभज्ञा सभा सहभागि भइदिन हार्दिक अपिल गर्दछौं।