विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा

२२ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ ।

ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।

पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

ब्राजिलको टोली

गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : नेमार (पीएसजी), रिचारलीसन (टोटेनहम), भिनीसियस जुनियर (रियल म्याड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)