पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित भाइरल भएको झोलुंगे पुल

कालीकोट जिल्लाको कर्णाली नदीमा रहेको एक झोलुंगे पुल अहिले सामाजिक सञ्जाल फेसबुकमा अहिले व्यापक भाइरल नै भएको छ । पुल केही दिन अघि आएको लगातार वर्षाका कारणका कर्णाली नदिमा आएको पानीको वहावले पुलको आधा भाग क्षति पुगेको थियो । पुलमा क्षति पुगेपछि बाँकी रहेको पुलबाट काठको भर्‍याङ लगाएर पुलमा उक्लिने बनाइ आवात जावत गरिएपछि सो पुललाई अहिले कर्णालीका पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित फेसबुकमा व्यापक गराइएको छ।

कालीकोटको जितेगडामा रहेको सोे झोलुंगे पुल हो। जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र नरहरीनाथ गाउँपालिकाको वडा नम्बर १ मा यो पुलको संरचना पर्छ।

असोज १९ गतेदेखि करिब एक सातासम्म भएको निरन्तर वर्षाका कारण आएको बाढीले पुलको खाँडाचक्र नगरपालिकातर्फको भागमा क्षति पुर्‍याएको थियो।

‘जितेगडामा अस्थायी बसपार्क छ, त्यहाँको संयुक्त काउन्टर र होटल व्यवसायीबाट पैसा उठाएर तत्कालका लागि आवतजावत गर्न भर्‍याङ हालिएको हो,’
यही कात्तिक १० गतेदेखि भर्‍याङ हालेर तत्काललाई आवतजावत गर्ने वातावरण बनेको वडाध्यक्ष शाहीले बताए।

कर्णाली राजमार्ग तथा जीतेगडाको अस्थायी बसपार्क पुग्न उक्त झोलुंगे पुल मुख्य विकल्प हो। कर्णाली राजमार्गबाट यातायात सुविधा प्रयोग गर्ने गरी कालीकोटको नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पलाता गाउँपालिकासहित बाजुरा र हुम्लाका मानिसहरू त्यो पुल भएर जितेगडा आउने गरेका छन् ।