अर्घाखाँचीमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते

अर्घाखाँचीमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा परी सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी रिजालका अनुसार घटना हिजो बिहीबार राती ११ बजेतिरको हो। मृत्यु भएका दुबै जना प्रदेश नम्बर २-०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए।

सँगै दुर्घटनामा परेको बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क-२ का ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनाको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार जारी रहेको छ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको धावन मार्गबाट दुई मोटरसाइकल झन्डै एक सय मिटर तल खसेको अवस्थामा फेला परेको छ।