५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए ।
ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको दावी गरे ।
‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र रु’ उनले भने ।
पार्टीको हितमा एक शब्द नबोलेको र तमासा देखाइरहेको भन्दै ओलीले यस्ता कुराको पछि नलाग्न कार्यकर्ताहरलाइ आग्रह गरे ।
‘पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन रु अरुलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन’ ओलीले भने ।