बाग्लुङ पर्वत जोड्ने झोलुङ्गे पुल गिनिज बुकमा दर्ता गर्न तयारी

२२ बैशाख, पर्वत । गण्डकी अञ्चलको बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङको अदुवावारी पाङ जोड्ने ५ सय ६७ मिटर लामो सिंगल स्पानको झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
बिश्व कै लामो पुल भएकोले यसलाई गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् ।
बागलुङ नगरपालिकाको पहलमा निर्माण भएको पुललाई नगर कार्यपालिकाको बैठकले अन्तराष्ट्रिय रूपमा चिनाउनको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाउने निर्णय गरेको नगर प
प्रमुख पौडेलले जानकारी दिएका छन् । सिंगल स्पान प्रविधिमा निर्माण भएको सो पुल बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाण सहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागिएको मेयर बताउँहुन्छ ।
झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा ५ सय वटा भन्दा बढी झोलुङ्गे पुल रहेका छन् । सामान्यतया ५ मिटर देखि ५ सय ६७ मिटर लामो पुल बागलुङमा नै निर्माण भएका छन् । सिंगल स्पान प्रबिधिमा बनेको झोलुङ्गे पुल मध्ये यस अघि स्वीजरल्याण्डमा ४ सय ९४ मिटर लामो रहेको बताइएको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा संस्थामा पठाउनु पर्ने कागजात तयार गरि प्रक्रिया अगाडि बढाउने र त्यस पश्चात बिश्व कै लामो पुल भएको परिणाम आउने जानकारी दिदै मेयर पौडेलले पुलले बागलुङमा हरेक दिन हजारौं आन्तरिक तथा बाह्र पर्यटक भित्राउन समेत महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गरेका छन् ।
२०७७ साल चैतमा सम्पन्न गर्ने गरि २०७५ सालमा सम्झौता गरि काम शुरू भएको पुल सम्झौता मिति भन्दा एक बर्ष अगाडि नै सम्पन्न भएपनि हस्तान्तरण हुन भने बाँकी रहेको छ । अहिले विश्वमा कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भएपछि यो पुल हस्तान्तरण र उद्घघाटनको प्रक्रिया रोकिएको र जनमानस समान्य भएपछि वा लकडासउन खोलिएछि समय मिलाएर पुल हस्तान्तर र उद्धघाटन हुने जानकारी मेयर पौडेलले बताउनु भयो ।