बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको मृत्यु ४ सयभन्दा बढी घर परिवार विस्थापित

निरन्तरको झरीका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४र४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २र२ जनाको ज्यान गएको छ ।

यस्तै दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । उनका अनुसार २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५र५ जना रहेका छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।

उनका अनुसार वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २र२ वटा घरहरू विस्थापित भएका छन् ।