पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पर्ने विभिन्न सात स्थानमा पहिरोका कारण सडक अवरुद्ध

लगातार रुपमा आएको बर्षाका कारण देशैभरीका सडक अवरुद्ध भइरहेको बेला पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पर्ने विभिन्न सात स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

धादिङ र काठमाडौँको सिमानामा पर्ने सुरुङमार्ग, खत्रीपौवा, बैरेनी, जरेखेत लगायतका स्थानमा पहिरो गएको छ ।

विभिन्न स्थानमा गएको पहिरो पन्छाएर बाटो खुलाएपनि महादेववेशीमा गएको पहिरो अझै खुलाउन सकिएको छैन । महादेववेशीमा दोहोरो बाटो बन्द भएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा राजमार्गका विभिन्न स्थानमा सवारीसाधनको लाम लागेको छ । स्थानीय तहका डोजर, निर्माण कम्पनीका डोजर आदि प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।

अन्यत्र एकतर्फीरुपमा बाटो खुलाइसकिएको भए पनि धुनिवेशीको बाटो खुल्न अझै केही समय लाग्ने बुझिएको छ ।