२० असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्ष शेखर पक्षले आज छुट्टै भेला गर्दैछ ।
आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।
आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।
यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने बताइएको छ ।