दशैंमा घर जान तछाडमछाड

१५ असोज, काठमाडौं । हरेक वर्ष नेपाली समुदायको घरघरमा दशैं आउने गर्दछ । सधैं झै यो वर्ष पनि असोज १० गतेबाट दशैं सुरु भएर आज छैठौं दिनमा छ । दशैं दशैं अर्थात पारिवारिक मिलन र भेटघाटको अवसरको पर्वको रुपमा समेत लिने गरिन्छ । वर्ष दिन अर्थात् वषौं घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने परम्परा छ ।

विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ ।

विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको बिहानदेखि साँझ र बिहान पख ठूलो भीड लागेको छ । घर जानका लागि बस चढ्न र टिकट काट्न मान्छेहरुको तछाडमछाड मै देखिन्छ । पहिले वर्षको दशैं भन्दा यो वर्षको दशैमा धेरै मान्छेहरु उपत्यका छोडेर आ–आफ्नो घर जाने संख्या बढी हुने अनुमान समेत लगाइएको छ ।