आज संविधान दिवस : काठमाण्डौंको टुडिखेलमा यसरी मनाइयो संविधान दिवस

३ असोज, काठमाडौं । आज संविधान दिवस । देशैभरी विविध कार्यक्रमगरी संविधान दिवस मनाइदै छ । यस अवसरमा सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । संविधानसभाको दोस्रो सभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।