शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल डेंगी विरामीले भरिभराउ

केही दिनयता देशभर डेंगी संक्रमण बढेरहेकोमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल डेंगी विरामीले भरिएको छ।

करिब सय बेड क्षमताको उक्त अस्पतालमा अहिले सबैजसो बेड डेंगु संक्रमितले भरिएका छन्।

झन्डै सय जना डेंगीका विरामीमध्ये १० जनाको आइसियूमा उपचार भइरहेको छ ।

ुआइसियूमा रहेका विरामीको अवस्था सामान्यनै छ तर अलिक प्लेटिलेट्स मात्रा कम देखिएर आइसियूमा उपचार गर्नुपरेको हो ।

बेड भरिएसँगै अस्पतालमा नयाँ आउने विरामीलाई भर्ना गर्न सकस भएको छ। यसरी नै दिनौं विरामीको चाँप बढ्दै गए अस्पतालले भुइँमै राखेर पनि विरामीको उपचार गर्नुपर्ने अवस्था हुन्छ। जुन दृश्य कोभिडको बेला पनि देखिएको थियो।

दैनिक २ सय बढी डेंगी शंकास्पद विरामीहरू जाँच गर्न आउँछन्। र तीमध्ये ९० प्रतिशत विरामीमा डेंगी पुष्टि हुन्छन्।

यसरी दैनिक सयभन्दा बढी मानिसमा डेंगी पुष्टि भए पनि केहीलाई मात्र अस्पताल भर्ना गर्ने गरिएको र बाँकीलाई घरमै आराम गर्न भनिएको छ ।

डेंगी लागेका बिरामी मेवाको पात खाएर निको हुने भन्ने भ्रम मात्र रहेको अस्पताल स्रोतले बतायो ।

ुकेहीले मेवाको पात पनि खाने गरेको देखिएको छ। एक दुई जना विरामी मेवाको पात खाएर बेहोस भएर पनि आएका छन्। त्यसैले अरूको कुरामा लागेर जथाभावी कुरा खाने गर्नुहुन्न। किनकि मेवाको पातले डेंगी ठीक गर्छ भन्ने कतै पुष्टि भएको छैन। त्यसैले चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्छ ।

अधिकांश बिरामीमा उच्च ज्वरोको लक्षण देखिएको छ। यो सँगै टाउको, आँखाको गेडी दुख्ने, वान्ता आउने र केही महिलामा ुभेजिनल ब्लिडिङु पनि हुने गरेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर १३ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ। जसमध्ये १० हजार बढी विरामी बागमतीका छन्।